रविवार, 7 अगस्त 2011

http://www.onlinesahitya.com


�देवी   देवी    देवी    !...........�
�निदाइसकेकी थिइन सायद। दिनभरको थकान । म भन्दा उमेरमा १५ वर्ष कम सानीपनि जिन्दगीको बोझले उनलाई निकै बुढी बनाइसकेको छ। बिचर! कहिल्यै गुनासो गर्दिनन्। हुन त उनका पनि कति असन्तुष्�टी थिएहोलान्। कति रहरहरू थिएहोलान्। सायद उमेरको अन्तरले मैले उनका कैयौं आवश्यक्तालाई बेवास्ता पनि गरेको हुँदो हुँ। तर ती सवै कुराहरू अव्यक्त नै रहे। आज म महसुस गर्दैछु... लाग्दैछ म जुन कुराको लागि निरन्तर लागिरहे, आखिर त्यो के थियो? गहिरिएर सोच्छु, अनि भन्छु त्यो कुनै महत्वाकांक्षा थिएन, न त थियो कुनै ब्यक्तिगत विशिष्�टताको लालच। हो, म आफ्नै ह्रदयसँग निसन्देह भन्न सक्छु मैले जीवनमा इमान्दारी पूर्वक जे जति भौतिक, सामाजिक वा नैतिक उपलव्धिहरू हासिल गरें त्यो मेरोलागि पूर्णसन्तुष्टिदायक छ। मैले आफ्नोलागि स्थापित गरेका जीवनका मूल्यहरू लिएर..... मैले आफ्नू लागि कोरेका बाटाहरू, चाहे ती जतिसुकै अप्ठेरा किन नहुन्...निरन्तर हिंडिरहे। आज थाकेछु। यति धेरै थाकेछु कि आफ्नो थकान पनि आफूलाई भन्दा अरुलाई थाहा लाग्ने भएछु।�

�स्कुल सञ्चालक समितिको बैठक आज दिउँसो बस्ने कुरा रहेछ। मलाई थाहै थिएन। भर्खरै पुनर्गठित समिति। कतिपय सदस्यलाई मैले चिनेको पनि थिएन। म राजनीतिबाट सकेसम्म निरपेक्ष बस्ने मान्छे। राजनीतिक बृत्तका सवै मान्छे चिन्दिन पनि। बैठक सुरु भयो। मेरो लागि स्कुलका हितका कुराहरूले नै प्राथमिकता पाउँथे । अनि धेरै अघिदेखि मैले उठाउँदै आएको यसै स्कुलमा १०�����+२ पनि सञ्चालन गर्ने कुरा आजको बैठकमा राखें। केही सदस्य मित्रहरूले स्रोत र साधनको अभावमा यस्तो सोचाइदिवास्वप्न भन्दा बढी नहुने बताउनुभयो। म ठान्थें साधन स्रोत नभएका होइनन्, हामी ती सम्म पुग्न नसकेका मात्र हौं, अवश्य पनिती स्वयं हामीसामू आउँदैनन्। मैले भनें- �उच्च माध्यमिक तह समुदायले चलाउँछ। २० किमि यात्रा गरेर कलेज जानुपर्ने बिद्यार्थीहरूले गाडी भाडा तिर्ने पैसा बरार शुल्क तिर्दा पनि लगभग त्यो चल्छ र अन्य सहयोग जुटेमा हामीले आर्थिक रुपले असक्षम बिद्यार्थीलाई समेत अवसर दिन सक्छौं।��

�सञ्चालक समितिका नव-नियुक्त अध्यक्षले यस विषयलाई प्राथमिकता दिन चाहेनन् र भने: �दुर्गानन्द सर, हजुर हाम्रो लागि आदरणय मात्र हैन पूज्य हुनुहुन्छ। यो ठाउँमा शिक्षाको ज्योति फैलाउने पूनित कार्यनै हजुरबाटै भएको हो भन्ने कुरामा दुईमत छैन। आउँदा दिनमा पनि हजुरकै पथलाई हामी पच्छ्याउनेछौं। तर सर अव पहिला जस्तो सक्रिय रहनसक्ने हजुरको उमेर पनि रहेन। अव हजुरले आफ्नो स्वास्थ्य को पनि ख्याल गर्नुपर्छ...��

�मेरा लागि कुनै महत्व नराख्ने हजुरी शैलीको यति लामो भूमिकाको आवश्यक्ता थिएन। विद्यालयबाट मलाई बिदा गराएर राजनीतिक लाभ लिन आतुर केही व्यक्ति तथा गुटको सक्रियता म बाट छुपेको थिएन। मैले पनि बुझेको थिएँ समयको गतिलाई। तर मेरो चाहना थियो यस विद्यालयमा उच्चमाध्यमिक कक्षा सुरु गर्नु। यस कार्यले धेरै विद्यार्थी र अभिभावक खुसी हुने भएपनि केही निजी उ.मा.वि. सञ्चालकहरू आफूलाई मार पर्ने ठान्दथे। र त्यह समुह भित्रनै पर्दथे सञ्चालक समितिका नवनियुक्त अध्यक्ष। उनले भने- �आज जि.शि.का. गएको थिएँ। सुनें हजुरको अवकाश पत्र आउँदैछ।�
�मलाई उनको यो शैलीले असहज लागि रहेको थियो भनें �दामोदर जी! हामी स्कुल सञ्चालक समितिको बैठकमा छौं र यहाँ सुहाउँदो औपचारिक भाषामा मलाई �तपाई� भनि सम्वोधन गरे पुग्छ।��

�उनी एकछिन अकमकिए र भने-
��सर नीतिगत कुराहरूमा हामी तपाईको अमूल्य सल्लाह विना चल्नै सक्दैनौं र तपाईको साथ हामीलाई सधैं चाहिनेछ। उ.मा.वि. सञ्चालनको बारेमा हामी पछिको बैठकमा कुरा गरौंला। बरु हामी आज तपाइँको विदाईको कार्यक्रम तय गरौं कि।��

�हास्यास्पद कुरा- मलाई औपचारिक जानकारी नै नआई उनलाई यति आतुरता। म केही बोलिन या बोल्न उचित ठानिन।�

�एक सदस्यले भने- �पौष आठ गते मंगलवार राख्दा कस्तो होला?�
�केह सदस्यहरू ले हुन्छ को मुन्टो हल्लाए। मेरो त्यसमा कुनै राय थिएन, चुपचाप बसिरहें।
�मोहन बरालको संयोजकत्वमा बिदा कार्यक्रम व्यवस्थापनको लागि समिति बनाइयो र समितिमा स्कुलका ३ जना शिक्षकहरूलाई पनि समावेश गर्ने कुरा भयो।�

�मलाई राति अबेर सम्म निद्रा लागेन। मनमा के के कुरा खेलिरह्�यो। पदमा बसिरहने चाहना मेरो होइन। मलाई दु:ख यो अर्थमा लागेको छ कि मैले संकल्प गरेको कुरा यो समाजलाई दिन सकिन। र यो माहोलमा मैले केही गर्नसक्छु भन्ने पनि लागेको छैन।�
��
��आज किन हजुर यतिबेर सम्म सुतेको?�
�राधाले बोलाउँदा मात्र ब्यूझें। घाम झलमल्ल झुल्किसकेका रहेछन्। सइडटेवलमा हात लम्काएँ, घडि भेटिन, हिजो अन्यत्रै राखेंहोला। सायद सात बजेको हुँदोहो। सिरक बाहिर जाडोको बर्चास्व थियो। मनले आज अलग इच्छा गर्�यो। सिरानी ठड्याएर पलङमै ढल्कें, टाउको मात्र सिरक बाहिर निकालेर।- �राधा चिया ल्याउ न।�
�उनि अचम्भित हुँदै भनिन्:
��आज हजुरलाई के भयो। सधैं ननुहाई, पूजा-पाठ नगरि केही नखाने मान्छे।�
�प्रतिउत्तरमा म थोरै हाँसिदिएँ। केही क्षणमै उनले चिया लिएर आइन्।
�मैले एक सुर्पो चिया पिउनासाथ उनले भनिन्- �किन हिजो साँझ देखि केही उदास जस्तो देख्छु। कि सञ्चो नभएको हो?�
��केह भएको छैन।�
��म एउटा कुरा भनौं?
��के कुरा? भन न।�
��हेर्नुस अब हजुरको स्वास्थ्यले पनि साथ दिँदैन, उमेर पनि त धैरै भयो...� एकछिनको मौनता पछि- �अनुरोधले हिजो फोन गरेको थियो। भन्दै थियो बुवाको डाइविटिज, प्रेसर दुवै हा छ। अव पनि पहिला जस्तै खट्नुभयो भने जे पनि हुनसक्छ।��

��यति लामो भूमिका नबाँध न राधा। जागिर छोड्नु भनिदेउ न।�
��हजुरलाई त राम्रो कुरा भन्नै हुन्न।�
��अब तिमीले भन्ने आवश्यकता नै रहेन राधा। मलाई एकहप्�ता भित्रनै स्कुलवाट बिदा गरिंदैछ।�
�यो उनको स्वभाव हो � उनले विस्तृतमा सोधिनन्। मैले पनि अरु केही बताइँन। �

�एक हप्�ता भएपनि आफ्नो जिम्वेवारी पूरा गर्नै पर्�यो। सधैंकै समयमा खानासाना खाइवरि म घर वाट निस्कें।
�सोचें अघि राधाले भनेको कुरा- हिजो छोराले फोन गरेको रहेछ। उ काठमांडौमै बस्छ। १० वर्ष बिदेश बसेर डाक्टर पढेर आएको। खुब ख्याल गर्छ मेरो उतै बसेर। बर्षमा एकपल्ट आउँछ, पाउँनाझैं। कान्छो छोरा अनमोल- अष्�ट्रेलिया गएको- पढ्नको लागि रे। पाँच बर्ष भयो फर्केको छैन। र सायद फर्कदैन पनि होला अहिल्यै। हो, म पनि बसेको हुँ बेलायतमा तन वर्ष सम्म तर मलाई कहिल्यै त्यहाँको यान्त्रिकताले खिच्न सकेन। निर्जिव लाग्यो मलाई त्यहाँको जीवन। अझ कहालिलाग्दो लाग्यो बृद्ध-बृद्दाहरूको दुरावस्था। त्यहाँ संवेदना भन्ने कुरा त अस्तित्वमै छैन जस्तो लाग्छ मलाई त। तर समय सँग सँगै मान्छेको सोचाई बदलिंदो रहेछ। आजका तन्नेरी जमातहरू यो माटोको लागानी लिएर जान्छन्। आफ्नो सारा श्रम, सीप र श्रृजनाहरू बिदेशि माटोमा समर्पित गर्छन। अनि अन्त्यमा जव आफूलाई रित्तो पाउँछन्, देश सम्झन्छन र उर्जाहीन जीवन घिसार्दै ल्याएर यह माटोमा शरीर विसर्जन गर्छन। कति दु:ख लाग्दो कुरा। हामी एक्काइसौं शताव्दीको संघारमा आइपुग्दा अत्याधुनिक दास मा परिणत भइरहेछौं।�

�मन भरि अनगिन्ति कुरा खेलाउँदै कति बेला स्कुल पुगिसकेंछु। प्रर्थना सुरु भयो, आज विद्यार्थीहरूको उपस्थिति पातलो लाग्यो। म विद्यार्थी बटुल्न आज छडी लिएर चोक तिर गइँन, न त कुनै शिक्षकलाई आदेश नै दिएँ। यो सव नियतवश भएको भने होन। त्यस पछि सोचें उनिहरूलाई सधैं दवाव दिएर पनि के हुन्छ र। जसरी मैले यत्तिका वर्ष सम्म निरन्तर भनि रहें शिक्षा र अनुशान दुवै प्रार्थना पंक्तिवाट शुरुहुन्छ। आखिर के भयो? भोलि मेरो अनपस्थितिमा ती सव कुरा को निरन्तरता रहला? यदि रहेन भने मेरो वर्षौको मिहिनेत ब्यर्थ भयो त?...सवाल आफैं सँग छ, जवाफ कोसँग हुनुपर्ने थाहाछैन।�

�आफ्नै अफिस कोठामा करिव तीन घण्टा बसिरहें। त्यहाँका भित्ताहरूले मलाई गिज्याइरहेंझैं लाग्यो र निस्के बाहिर। मसिना केटा केटीहरू शिक्षककै अनुमतिमा चौरमा खेलिरहेका थिए। त्यस्तो दृश्य नियमितनै थियो। तर आज मेरा आँखा धेरै बेर त्यहाँ अडिए। म अलि नजिक गएँ। ठूलो कक्षाका हुँदा हुन् त म सँग डराउँथे वा संकोच मान्थे। तर उनिहरू अवोध थिए, निश्�चल थिए। कक्षा एक कि एउटी सानी केटी रुमाल लुकाई खेलमा खुब रमाईरहेकी थिइ। कृष्ण सरले खेल सकिएको घोषणा गर्दै सवैलाई कक्षामा जाने आदेश दिनुभयो। बिचर उसको रहर नपुगेको जस्तो थियो, अँध्यारो अनुहार पारेर उभिरह। किन किन मैले उसको त्यो अवस्थामा मेरो मनको स्थितिको प्रतिविम्ब देखें। सवै गए, उसले पनि जानै पर्थ्यो....... आखिर उ पनि गई। मलाई लाग्यो हाम्रो जीवनका हरेक अवस्थाहरू अवधिमा भिन्न भए पनि यहि छोटो खेल झैं हो। चौरमा म एक्लो उभिरहेको थिएँ। आखिर म पनि जानै पर्�यो, गएँ।�

�अनौठो भयो आज स्कुलमा, म कोही सहकर्मी सँग बोलिन दिनभर र म सँग बोल्न पनि कोह आएनन्। छुट्टिको घण्टी लाग्नुभन्दा करिव आधा घण्टा अगाडि नै म स्कुलवाट निस्कें। बजारमा पुग्दा कक्षा छोडेर आएका बिद्यार्थहरूको भिडभाड थियो चटपटेवाला, बरफवाला र क्यारेमबोर्डमा। कति मलाई देखेर डराए। कसैले मुख लुकाए, कोही भाग्न खोजे। तर आज म उनिहरूलाई कार्वाह गर्न आएको नभइ उनिहरू जस्तै समय अगावै निस्केको थिएँ। त्यो किसिमले हेर्दा उनिहरू र म उत्तिकै दोषी थियौं। सोचें एउटा दोषले अर्को दोषलाई कसरी कार्वाही गर्न सक्छ। आफ्ना साथिहरू खेल्दाखेल्दै को क्यारेम छोडेर भाग्न लागेको देखेर एउटा केटोले भन्यो- �केटा हो के डराउँछौ जुँगा उखेलिएको बुढो सिंहसँग।� हिजो सम्म भए मलाई अपाच्य लाग्थ्यो होला, तर आज हास्यास्पद र केही रमाइलो पनि लाग्यो। लाग्यो मैले यो स्कुल मा निरंकुश शान गरेको थिएँ क्यार, अव सवै स्वतन्त्र हुनेछन्।�

�अर्को दिन पनि मेरो दैनिकि उस्तै रह्�यो। मनमा अलि अलि त लाग्यो अव बाँकी दिन बिदामै बसौं किनकि औपचारिक रुपमानै मैले पत्र पाइसकेको थिएँ। तर तता मठा जे भए पनि लामो जागिरे जीवनको एकाकीपन भन्दा भिन्न अनुभव भइरहेको थियो। र यो ५-७ दिन फेरि मेरो जीवनमा कहिल्यै फर्केर नआउने अमूल्य दिन थिए। जन्मन लागेको मान्छेलाई त चेतना हुन्न होला आफू जन्मदैछु भन्ने, त्यसैले भनौं मर्न लागेको मान्छेलाई आफ्नु मृत्यू तिथि थाहा लागिसकेपछिको समय जस्तो थियो यो समय। अफिसकोठामा धेरैबेर झोक्राएपछि बाहिर निस्कें। पियन याम बहादुर सूचनाकापि बोकेर अफिस तिर फर्कदै थियो। चौरको बिचमा भेट भयो, सोधें �लिएर आयौ याम बहादुर?� सायद कहिल्यै मेरो यस्तो व्यवहार थाहा नपएकोले हुनसक्छ  अलि झस्किएझैं गर्�यो र भन्यो- �सूचना थियो सर.......सरको बिदाईको।�
�यस अघि मेरो अनुपस्थितिमा बाहेक सूचना कापिमा मेरो हस्ताक्षर चल्थ्यो। मैले कौतुहलतावश कापि तानें र पढें-
��हाम्रा आदरणिय प्रधानअध्यापक श्री दुर्गानन्द शर्मा ले यस विद्यालयको सेवा बाट उमेर तथा सेवा हदले अवकाश पाउनु भएकोले यस विद्यालय बाट उहाँको ससम्मान विदाई को कार्यक्रम यह आउँदो पौष आठ गते मंगलवारको दिन तय गरिएको हुदा बिद्यार्थहरूलाई सूचित गरिन्छ। साथै इच्छुक विद्यार्थी व्यक्तिगत वा सामुहिक रुपमा सम्मान स्वरुप उपहार वा अभिनन्दन पेश गर्न सक्नेछन्।��

�हस्ताक्षर थियो सहायक प्र. अ. को। सोचें मेरा सहकर्मी मित्रहरूले आफ्नो जिम्मेवारी राम्रोसँग सम्हाल्न थाल्नुभएछ।
�कापि मेरो हातमा थियो। यामबहादुर निशब्द उभिएको थियो।  म सँग आवश्यक बाहेक दोहोरो कुरा गर्दैनथियो। मैले उसको हातमा कापि राखिदिएँ। उसका आँखा रसाउन लागेका थिए। किन......म जान्दिन। उसले केही भन्न खोज्यो, तर सकेन। मैले नै सोधें �भन याम बहादुर केही भन्नु छ?� एकछिनको मौनता पछि उसले भन्यो �सर! असाध्यै दु:ख लागिराखेको छ...� त्यसपछि उसले भन्न सकेन र मैले सोध्न पनि सकिन। भनें � यो त संसारको प्रक्रिया हो, आज म जाँदै छु, भोलि तिमि जान्छौ। हामी गएपनि यहाँ केही छडेर जान्छौं, नयाँ आउनेहरू नयाँ कुराहरू लिएर आउँछन्। पानी पनि त बगेन फोहोर हुन्छ।� उसले कति बुझ्यो कति बुझेन एक हातमा कापि बोकेर अर्को हात ले आँश पुछ्दै उ अफिस तिर लाग्यो। म कक्षा कोठहरूको बाहिरबाहिरै वाट अवलोकन गरेर अफिसमा फर्कें। फर्कदासम्म सोचिरहेको थिएँ यामवाहादुर कति सरल, कति इमानदार, कति कर्तव्यनिष्ठ छ। मलाई त लाग्छ याम बहादुर यस स्कुलका प्रत्येक शिक्षक र विद्यार्थीले पढ्नै पर्ने एउटा आदर्श पाठ हो।�

�सहायक प्र.अ. गुरुङ सर मेरो कोठामा आउनुभयो। उहाँ मिजासिलो र सहयोगी स्वभावको हुनुहुन्छ। विद्यार्थिहरूको हरेक समस्या उहाँकैमा आइपुग्छन् र सल्लाहको लागि मात्र म सँग आउनुहुन्छ। हामी विच कुरा सुरु भयो। मैले भनें- �के छ सर, बाहिरको मान्छे कोही आउन भन्दा त मलाई मेरै सहकर्मीहरूले स्कुल राम्रो सँग चलाउनुहुन्छ जस्तो लाग्छ।�
��खै सर, आफूलाई दक्ष र सक्षम त आफैले भन्न मिल्दैन ... हामीले त सोचेका थियौं कमसेकम एक वर्ष सरको नेतृत्व आवश्यक थियो अझै। सरको उच्च मा.वि. को सपना पनि अधुरै हुने हो कि भन्ने डर लागिरहेछ।��

��म नै हुनुपर्छ भन्ने के छ र? केन्द्रबाट गराउने कुराहरूमा म साथ दिन्छु, अरु धेरै गरिएकै छ, बाँकी तपाईहरू गर्न सकिहाल्नुहुन्छ।��

��मैले बुझेसम्म धेरै गाह्रो छ। यहाँ अरुनै कोही आउने कुरा सुन्दैछु।�
��जे होस्, आफ्नो कर्तब्यवाट विचलित नहुनुस्। जो आएपनि के भयो र... सत्यकुरालाई उठाउनुस् ढिलो होला तर राम्रै हुन्छ।��

�प्रसङ्ग मोड्दै गुरुङसरले भन्नुभयो- � आज एक पिरियड अगाडि छुट्टि गरौं कि। सरहरू सवैले तपाईसँग भेट्ने इच्छा गर्नु भएको छ।��

��म के भन्ने र?��

�वैठक कक्षमा सवै जन भेला भयौं। सवैसँग हेराहेर मात्र भयो कसैले केही भन्नै सकेन। मन मनै लाग्यो कतै म आफ्नो कार्यकालभरि अप्रजातान्त्रिक त भइँन? केही हद सम्म मान्छेलाई जिम्मेवारीले यस्तो बनाउछ भनेर आफूलाई जस्टिफाई गरें।
�मौनतालाई मैले नै नतोडी भएन-
��साथीहरू! तपाईहरूलाई थाहाभै सक्योहोला कि म यहाँबाट बिदा हुँदैछु। मलाई लाग्छ तपाईहरू सवैमा जिम्मेवारीवोध छ। असल विचार र भावना छन्। जो मान्छे जीवनमा आफू सही बाटो हिडेको छ उसैले अरुलाई पनि त्यो बाटो देखाउन सक्छ। त्यसैले हाम्रो पेशा जति साधारण देखिन्छ त्यतिनै आदर्श ले भरपूर छ।��

�मैले के भन्ने...... भन्ने कुरा पनि छैनन्।
�केही साथीहरूले बिदाई कार्यक्रम ब्यवस्थापनको बारेमा कुरा गर्न खोज्नुभयो। मैले त्यो सव कुरा उहाँहरूकै भएकोले उहाँहरूकै जिम्मामा सुमपिदिएँ।�

�यसरी नै साना तिना कुराहरूमै एक हप्�ताको समय बित्यो। त्यो समय मेरो लागि मनमनमा आफ्नो कार्यकालको समीक्षा गर्नमै ज्यादा खर्च भयो।
�आज मेरो स्कुलको अन्तिम दिन थियो। घर वाट निस्कन ठिक्क परेको थिएँ। अचानक आँखा पर्�यो त्यो साईकल मा। हो त्यहि साइकल जुन मैले दश बर्ष सम्म चलाएपछि गएको दुई वर्ष अघि थन्क्याएको थिएँ। आज सामान हरू पन्छाउने क्रममा घरमा काम गर्ने केटाले बाहिर निकालेछ। म साइकलको नजिक गएँ। त्यो धुलाम्य भएको थियो। म त्यसै त्यसै भावुक बनें र भने �बिचरा तिमी मेरो असक्षमताको परिणाम भोगिरहेको छौं।� भुईमा झरेको एउटा टालो उठाएर पुछ्दै गर्दा मलाई लाग्यो किन मैले यसलाई यी दुई वर्षका विचमा कहिल्यै सम्झिइन? र सोचें भोलि देखि यो साइकल र मेरो नियति उस्तै हुनेछ।�

�अन्तिम दिन त थियो। स्कुलमा पनि के गर्ने? नौ कक्षाको एउटा पिरियड खाल रहेछ। डस्टर र चक बोकेर त्यतै तिर लागें। म नौ र दश लाई हप्�ताको दुई दिन अंग्रेजीको क्लास लिने गर्थें। म जाँदा कक्षामा दुई चार जना विद्यार्थी मात्र थिए अरु कोही खेल मैदानमा, कोही अगाडि चौरमा र कोही सायद बजार तिर होला। मलाई देख्दा कक्षामा भएका विद्यार्थीको अनुहारमा त्रासको छायाँ परेको महसुस गरें। सधैं झैं मैले अरु साथीहरू कता गए भनेर पनि सोधिंन, बोलाएर ल्याउने आदेश पनि दिईन। अरु दिन मैले जे पढाएपनि उनीहरू चुपचाप रहन्थे, कसैले केही सोध्दैन थियो। तर आज मैले उनीहरूलाई प्रश्न सोध्न छुट दिएँ।�

�कक्षाबाट फर्कने बेलामा ब्लाकवोर्डमा लेखिएको कुरा मेट्दा पनि म थोरै भावुक बनेंछु। मैले जे लेखें ती कुराहरूको असर के भयो। यदियी विद्यार्थीहरूले त्यसवाट केही ग्रहण गर्नसके भने त ठिकै भो नत्र भने निरर्थक लेखियो-मेटियो। कक्षावाट बाहिरिएँ, लाग्यो म भित्र जो दम्भ छ मैले यस विद्यालयको लागि यत्तिका वर्षसम्म निरन्तर सेवा गरिरहें। तर त्यसवाट कस्तो परिणाम आयो, के मैले कहिल्यै सोचें? �

�जवाफहिन मलाई डोहोर्�याउँदै मेरा पाईलाहरू स्कुलको कम्पाउण्ड वाट बाहिरिए। म बजार तिर लागें। आज सोमवार, बजारमा हाट लाग्ने दिन। एउटा कपडा दोकनको केटोले मलाई नमस्कार गर्�यो। �रतन----------------!! मैले सुनेको थिएँ तिमीले स्कुल छौड्यौ रे? तर किन?�
�उसले भन्यो- �पापाले भन्नुभयो -अब यति पढे पुग्यो, हिसाव किताव गर्न सकिहाल्छस्, मैले नपढेरै त यतिका काम गरिरहेको छु।��

��तर तिमीलाई त आर्थिक समस्या थिएन। कमसेकम अव दुई वर्ष पढेको भए त एसएलसी पास गर्ने थियौ। त्यसपछि बाबालाई सघाउँदै कलेज पढ्न सक्थयौ।�
��हुन त हो सर, तर सवै आफूले चाहेजस्तो पनि हुन्नरहेछ।�
�उसले मलाई बस्न अनुरोध गर्�यो। बजारको भिडभाड, त्यहाँ बस्नु उसलाई बाधा पुर्�याउनु मात्र थियो। भनें � �बाबु म पनि अब फुर्सदिलो हुँदैछु अरु दिन नै बसौंला न ल!��

�त्यहाँ बाट निस्केर म अलि अगाडि बढें कपडा दोकान हरू छिचोलर पारि पुगें। म सायदै पहिले त्यता आएको थिएँ। दाहिने पट्टी बाट बेजोड गन्ध आइरहेको थियो। बाटोको एक साइडमा माछा मासुको हाट रहेछ अर्को साइडमा जाँडरक्सिको। म त्यहाँबाट बायाँ मोडिएँ। एउटा आदिवासी अनुहारको ठिटो भारमा माछा बोकेर आउँदै थियो। उसले बोकेको त्यो भार भुईमा बिसाएर बडो आदरपूर्वक नमस्कार गर्�यो। पहिला त मैले उसलाई चिन्न सकिंन। जव उसले मलाई भन्यो �सरले मलाई चिन्नुभएन होला। म बड्का किस्कु।���
कमलेश कुमार कापरी (  dj  )

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें